जलवायु परिवर्तनविरुद्ध लड्न हंगेरीमा विद्युतीकरणमा जोड

जलवायु परिवर्तनविरुद्ध युरोपेली मुलुक हंगेरीले सराहनीय प्रयास गरेको छ । कार्वन उत्सर्जनलाई कम गर्न उसले विद्धुतीय प्रणालीको सुधार र ग्याँसको खपतलाई जोड दिएको हो ।
एउटा अन्तराष्ट्रिय सम्मेलनमा त्यहाँका जलवायु परिवर्तन, प्रविधि र उद्योग मन्त्री लास्ज्लो पाल्कोविकले आफ्नो देशले गंभीर प्रयास गरिरहेको बताएका छन् ।
सो अवसरमा उनले कार्वन उत्सर्जन घटाउने उपायहरूको सन्दर्भमा हंगेरी बत्तिसांै देशहरुमध्ये दोस्रो स्थानमा देखिएको पनि उल्लेख गरे । हंगेरीले आफ्नो कार्बन उत्सर्जन निकै कम गरेको पनि बताए । ती प्रयासहरूमा ऊर्जा क्षेत्रको डिकार्बोनाइजिङ महत्वपूर्ण थियो । खडेरी, बढ्दो तापक्रम र विभिन्न कीराहरुको आगमनले हंगेरीलाई नयाँ चुनौति दिइरहेको थियो । यसलाई सुधार गर्न सरकारले कृषि, खानेपानी व्यवस्थापन र स्वास्थ्य क्षेत्रको कामलाई बढी महत्व दिएको छ ।
हंगेरीमा ऊर्जा आवश्यकताको ३५ देखि ४० प्रतिशत ग्याँसबाट हुन्छ । घर र सार्वजनिक संस्थाहरूमा ग्याँस बालेर न्यानो बनाउने चलनलाई घटाउन सके कार्वन उत्सर्जन उल्लेख्य घट्ने उनीहरुको विश्वास छ । हंगेरी कार्वन उत्सजन कम गर्ने युरोपेली मुलुकमा पर्दछ । कार्वन उत्सर्जन नगरीकनै हंगेरीले आर्थिक उन्नती गर्न सक्ने अध्ययनहरुले देखाएका छन् ।
हंगेरीको ग्याँस खपतलाई व्यापक उपायहरू मार्फत् सन् २०३० अघि नै उल्लेखनीय रूपमा कार्वन उत्सर्जन घटाउन सकिनेमा ढुक्क छन् ।
सरकारले रूसी ग्याँसमा हंगेरीको निर्भरता कम गर्न र अन्तत हटाउने उद्देश्यले काम गरिरहेको जनाएको छ । रणनीतिक रूपमा, सरकारले देशको ऊर्जा मिश्रणमा ग्याँस घटाउन, वैकल्पिक ऊर्जा बढाउन र बिजुलीको बढ्दो माग पूरा गर्न लचिलोपन बढाउन चाहेको छ । हंगेरीको ग्याँस खपतलाई व्यापक उपायहरू मार्फत् सन् २०३० अघि नै उल्लेखनीय रूपमा कार्वन उत्सर्जन घटाउन सकिनेमा ढुक्क छन् ।
तर यसका लागि विद्युतीकरण महत्वपूर्ण र आवश्यक रहेको विज्ञहरुले औल्याएका छन् । सन् २०५० सम्ममा नेट जिरो बनाउने हंगेरीको प्रतिबद्धता छ । यसको लागि हंगेरीलाई १६ बिलियन यूरो लगानी आवश्यक पर्ने त्यहाँका मन्त्रीले जानकारी गराएका थिए ।
(हंगेरीन्यूजमा प्रकाशित समाचारको नेपालीमा भावानुवाद गरिएको)
क्याटेगोरी : प्रयासहरु
तपाईको कमेन्ट लेख्नुहोस्