जलवायु परिवर्तनको असर, नेपालको नीति र अन्तरसम्बन्धित क्षेत्रबारे छोटकरीमा यसरी बुझौ
जलवायु परिवर्तन व्यवस्थापन सम्बन्धमा नेपालले भोगेका समस्याहरू, जलवायु परिवर्तनको व्यवस्थापन गर्न राष्ट्रिय जलवायु परिवर्तन नीति
कुनै स्थानको करिब ३० वर्षको अवधिमा हावा, पानी, तापक्रम, आर्द्रता आदिको औसत अवस्थामा देखा परेको परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ । यो एक प्राकृतिक प्रक्रिया भएता पनि मानवीय कृयाकलापका कारण जलवायु परिवर्तनको स्वरूप र शैलीमा तीव्र परिवर्तन आएको छ । विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान नगन्य रहे पनि बाँकी विश्वका कारण सिर्जित जलवायु परिवर्तनका नकारात्मक असरहरूबाट नेपाल समेत प्रभावित हुँदै आएको छ ।
जलवायु परिवर्तन व्यवस्थापन सम्बन्धमा नेपालले भोगेका समस्याहरू :
– जलवायु परिवर्तनको विषयले राजनीतिक तहको छलफल र अन्तर्क्रियामा कम महत्व पाउनु,
– नागरिक तहमा जलवायु परिवर्तनसम्बन्धी बुझाइको कमी रहनु,
– जलवायु परिवर्तनको विषयमा क्षेत्रगत निकायबिच बुझाइमा एकरूपता नहुनु,
– जलवायु परिवर्तनको विषय समग्र विकास प्रक्रियामा मूल प्रवाहीकरण हुन नसक्नु,
– तहगत र निकायगत समन्वयको कमी,
– जलवायुजन्य प्रकोपबाट हुने क्षति सम्बन्धमा अध्ययन, अनुसन्धान र आधारभूत तथ्याङ्कको कमी,
– जलवायु परिवर्तनका कारण सृजित समस्या समाधान गर्न संस्थागत क्षमता, वित्तीय स्रोत, प्रविधि र ज्ञानको कमी हुनु,
– जलवायु परिवर्तनका कारण जोखिममा परेका मुलुकहरूको साझा आवाज विश्व समुदाय माझ कमजोर हुनु,
– जलवायु वित्त तथा अन्तर्राष्ट्रिय सहयोग र सुविधामा पहुँच पु¥याउन वार्ता क्षमता विकास, पर्याप्त तयारी, पहलकदमी तथा परियोजना पहिचान गर्ने कार्य अपेक्षाकृत ढङ्गले अघि बढ्न नसक्नु,
राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६ ले पहिचान गरेका विषयगत र अन्तरविषयगत क्षेत्रहरू
नेपालमा जलवायु परिवर्तनका नकारात्मक असरहरू न्यूनीकरण गर्न तथा जलवायु उत्थानशीलता वृद्धि गरी जलवायु परिवर्तन व्यवस्थापन गर्न राष्ट्रिय जलवायु परिवर्तन नीतिले जोड दिएका आठ विषयगत र चार अन्तरविषयगत क्षेत्रहरू यस प्रकार छन् :
क) विषयगत क्षेत्रहरू :
– कृषि तथा खाद्य सुरक्षा,
– वन, जैविक विविधता तथा जलाधार संरक्षण,
– जलस्रोत तथा ऊर्जा,
– ग्रामीण र सहरी बसोबास,
– उद्योग, यातायात तथा भौतिक पूर्वाधार,
– पर्यटन एवं प्राकृतिक तथा सांस्कृतिक सम्पदा,
– स्वास्थ्य, खानेपानी तथा सरसफाइ,
– विपत् जोखिम न्यूनीकरण र व्यवस्थापन,
ख) अन्तरविषयगत क्षेत्रहरू :
– लैङ्गिक तथा सामाजिक समावेशिता, जीविकोपार्जन र सुशासन,
– जनचेतना अभिवृद्धि तथा क्षमता विकास,
– अनुसन्धान, प्रविधि विकास र प्रसार,
– जलवायु वित्त व्यवस्थापन ।
– राष्ट्रिय जलवायु परिवर्तन नीतिले निर्धारण गरेका विषयगत र अन्तरविषयगत नीति, रणनीति र कार्यनीतिलाई तहगत सरकारहरू र विषयगत निकायहरूले कार्यान्वयन गरेर जलवायु परिवर्तन व्यवस्थापन गर्न सकिन्छ । अन्तर्राष्ट्रिय समुदायसामु नेपालका मुद्दालाई तथ्यपूर्ण तरिकाले प्रस्तुत गरेर बाह्य स्रोत र सहयोगका लागि आवश्यक तयारी र पहलकदमी लिनसमेत जरुरी देखिन्छ ।
श्रोतः गोरखापत्र
क्याटेगोरी : प्रयासहरु, विपद्
ट्याग : ##climate #Nepal, ##climatechange
तपाईको कमेन्ट लेख्नुहोस्