हरित अर्थतन्त्र: जलवायु परिवर्तन संकट टार्न सहयोगी
हरित अर्थतन्त्रले आर्थिक, वित्तीय, वातावरणीय र सामाजिक हितलाई कायम राख्दै अगाडि बढाउन जोड दिन्छ । वातावरण संरक्षण गर्दै हासिल हुने यस्तो आर्थिक विकासलाई हरित वृद्धि भनिन्छ र यसरी भएको वृद्धिलाई हरित अर्थतन्त्र भनिन्छ । न्यून कार्बन, श्रोत दक्ष र सामाजिक समावेशी अर्थतन्त्रलाई हरित अर्थतन्त्रका रुपमा लिइन्छ । हरित अर्थतन्त्रले भविष्यलाई सकेसम्म हरियाली बनाउनमा जोड दिन्छ । प्राकृतिक स्रोतको दोहनसँगै वातावरण सन्तुलनका लागि अहिले ‘ग्रीन डेभलपमेन्ट’ वा हरित बृद्धिको अवधारणाले चर्चा पाइरहेको छ । यसको प्रवद्र्धनमा जोड दिन थालिएको छ । यसो ग¥यौं भने विकासका आवश्यकता पूरा गर्नुका साथै प्रकृति संरक्षणको काम पनि गर्न सक्नेमा यो अवधारणाले विश्वास गर्छ ।
हरित विकास भन्नाले हामीले आर्थिक विकासका लागि जतिसुकै प्राकृतिक स्रोतहरू प्रयोग गरे पनि त्यसको स्थानमा नयाँ स्रोतको विकास गर्ने व्यवस्था मिलाउनुपर्छ । अहिलेको वृद्धिदरलाई कायम राख्न हामीले प्रदुषण घटाउन सक्ने नवीकरणीय ऊर्जाका स्रोतहरू विकास गर्नुपर्नेमा जोड दिन्छ ।
हरित वृद्धि अर्थव्यवस्था किन ?
हरित बृद्धि अर्थतन्त्र आवश्यक यो मानेमा छ किनकी आर्थिक विकासको लक्ष्यसँगै प्राकृतिक स्रोतको संरक्षण पनि हामीले सँगसगै लानु पर्ने हुन्छ । यसो गर्न सकेमात्र प्राकृतिक स्रोतको दोहनबाट बच्न सकिन्छ । हरित वृद्धि अर्थतन्त्रले बढ्दो कार्बन उत्सर्जनलाई नियन्त्रण गर्न र जलवायु परिवर्तनको समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
प्राकृतिक स्रोतको संरक्षण गर्न, प्रदूषणबाट बच्न, विकास र संरक्षणको लक्ष्य एकसाथ हासिल गर्न र दोस्रो, पारिस्थितिको र आर्थिक विकासको दरको स्तरलाई जोगाउन यसका लागि हरित वृद्धि अर्थतन्त्र आवश्यक पर्छ । हरित वृद्धि अर्थतन्त्रको जग यी सबै कुराहरूमा आधारित हुन्छ । हरित अर्थतन्त्रका माध्यमबाट विकसित मुलुकको विकास र आर्थिक समृद्धिको वर्तमान सोचलाई परिवर्तन गर्न आवश्यक छ ।
आफ्नो विकासको लक्ष्य हासिल गर्न नयाँ सोचको विकास गर्नुपर्छ । आर्थिक दक्षता र वातावरणलाई बलियो बनाउन र संरक्षण गर्न हरित वृद्धि आवश्यक छ । दिगो विकास र दिगो विकासको बाटोमा अघि बढ्न हरित वृद्धि अर्थतन्त्रको खाँचो परेको हो । हरित अर्थतन्त्र मार्फत रोजगारी र आम्दानीमा वृद्धि कार्बन उत्सर्जन र प्रदूषणमा कमी ल्याउने, ऊर्जा र श्रोतको दक्षतामा बृद्धि हुने र जैविक विविधता र पारिस्थितिकी प्रणालीको संरक्षण गर्ने जस्ता आर्थिक क्रियाकलापबाट रोजगारी र आम्दानी बढ्न सक्छ ।
हरित वृद्धि अर्थतन्त्रका लागि के गर्ने ?
हरित वृद्धि अर्थतन्त्रका लागि हामीले केही आवश्यक कदम चाल्नुपर्छ । ग्लोबल वार्मिङको खतरा छ । ग्लोबल वार्मिङले हाम्रो वातावरणलाई निरन्तर हानी गरिरहेको छ । मानवजातीको गतिविधिका कारण कार्बन डाइअक्साइड र हरित गृह ग्यासहरूको उत्सर्जन दर बढेको छ ।
विश्वलाई बचाइ राख्न कार्बन उत्सर्जन प्रति वर्ष कम्तिमा ३–६% ले घटाउनुपर्छ । उद्योगमा आधारित अर्थतन्त्र र विश्वव्यापी उपस्थिति भएका निगमहरूले चालेका कदमहरूले पक्कै पनि यसमा राम्रो प्रभाव पार्न सक्छ । विश्वभर ऊर्जाको माग तीव्र गतिमा बढिरहेको छ । विश्वका धेरै अर्थतन्त्रहरू कार्बन आधारित परियोजनातर्फ अघि बढिरहेका छन् । कार्बन उत्सर्जनको शून्य स्तरमा पुग्ने लक्ष्य हासिल गर्न सरकारहरूले निर्णायक भूमिका खेल्दै घरेलु स्तरमा कडा कदम चाल्नु आवश्यक छ ।
हरित बृद्धि अर्थतन्त्रको लागि हरित ऊर्जा प्रमुख स्थान हो । हरित उर्जा भन्नाले सौर्य, वायु हो । आणविक र जलविद्युत उर्जा भनेको आणविक र जलविद्युत उर्जा हो । यसको मतलब हरित वृद्धि अर्थतन्त्रमा न्यूनतम कार्बन उत्सर्जन हुने यातायातका साधन प्रयोग गर्नै पर्छ । विद्युतीय सवारीसाधन आदिको प्रवर्द्धन गर्नुपर्छ ।
यसका साथै हरित उद्योगको विकास गर्नुपर्छ । यसका लागि अत्याधुनिक चिम्नीबाट धुवाँ फिल्टर गर्नुपर्छ । यसका साथै हरियाली खेतीलाई प्रवर्द्धन गर्नुपर्छ । घरहरू पनि प्राकृतिक ऊर्जाबाट सम्भव भएसम्म आवश्यकता पूरा हुने गरी निर्माण गर्नुपर्छ । पर्यावरणमैत्री औद्योगिक समाधानलाई प्रवर्द्धन गर्न पनि आवश्यक छ । उदाहरणका लागि, मोरक्को एउटा यस्तो देश हो जसले आफ्नो ऊर्जाको माग पूरा गर्न सौर्य फार्महरू स्थापना गरेको छ, जसले कार्बन उत्सर्जनको दरलाई धेरै हदसम्म घटाएको छ । यस्ता धेरै काम गर्नुपर्छ ।
क्याटेगोरी : हरित अर्थतन्त्र
तपाईको कमेन्ट लेख्नुहोस्