युरोपको पछिल्लो गर्मीमा १५ हजारले गुमाए जीवन
पछिल्लो गर्मी युरोपको रेकर्डमा सबैभन्दा तातो भएको र यसबाट करिव १५,००० मानिसहरुले ज्यान गुमाएको नयाँ प्रतिवेदनले उल्लेख गरेको छ । युरोपको गर्मी भनेको समर याम हो, जुन गएको जुन देखि अगष्ट महिना हो, जुन (असार देखि भदौ)हो ।
पाकिस्तानमा विनाशकारी बाढीको कारण करिव १७०० मानिसले ज्यान गुमाएका थिए भने युरोपमा झण्डै सो भन्दा दश गुण बढीले तापक्रम वृद्धिकै कारण ज्यान गुमाएका हुन् । गएको जुलाई महिनामा पोर्चुगल पिनाहोमा तापक्रम ४७ डिग्रीसम्म पुगेको थियो । जसबाट वृद्धवृद्धा तथा बाबालिकाहरु बढी प्रभावित भएका थिए ।
युरोपेली संघको कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसले गरेको अध्ययनका अनुसारले भनेको छ कि युरोपले पहिले नै फोसिल फ्यूलको कारण २.२ डिग्री सेल्सियस तापक्रम बढाइसकेको छ । जुन विश्वव्यापी औसत १.२ डिग्री सेल्सियस (भन्दा बढी हो । सन् २०२२ को गर्मी याममा दक्षिणी युरोपले खतरनाक गर्मीको तनावको साथसाथै भूमध्यसागरमा नसोचिएको समुद्री ताता लहरहरूमा वृद्धि भएको उक्त प्रतिवेदनले औल्याएको छ ।
अस्ट्रियाको युनिभर्सिटी अफ ग्राजका जलवायु अनुसन्धानकर्ता क्लो ब्रिमिकोम्बे सन् २०२२ को उक्त गर्मी र खडेरीको तथ्याङ्कले उनको गृहनगर रिडिङमा घातक गर्मी छालहरूको गम्भीर सम्झनाहरू जगाएको बताए । जहाँ मानिसहरू मद्दतको पर्खाइमा थिए उनीहरु तातो तापक्रमको कारण आफ्नो ज्यान गुमाउन वाद्य भए । “कतै कतै मानिसहरू एम्बुलेन्स पुग्नु अघि नै गर्मीको तनावबाट मरिरहेका थिए, किनभने उनीहरूले उनीहरूको लक्षणहरूको गम्भीरता वर्णन गर्न सकेनन, साथै उनीहरूलाई थाहा पनि भएन कि यो गर्मी हो भनेर, उनले भने ।
युरोपियन मुलुकहरु जस्तो उच्च विकसित देशहरुसँग पनि गर्मीसँग लड्ने क्षमता सहितको स्वास्थ्य योजनाहरूको अभाव भएको उक्त प्रतिवेदनले जनाएको छ ।
(एजेन्सीको सहयोगमा)
क्याटेगोरी : ताजा अपडेट
तपाईको कमेन्ट लेख्नुहोस्