Techie IT
२५ कात्तिक २०८१, आईतबार

तीस हजार बढी बिरुवा रोप्ने तयारी


लुम्बिनी विश्व शान्ति मञ्चले जलवायु परिवर्तनको असर कम गर्न पृथ्वी दिवस सन् २०२३ को अवसरमा विरुवा रोप्ने अभियानलाई तीव्रता दिने भएको छ । मञ्चले तीस हजार बिरुवा रोप्ने तयारी गरेको छ ।

पृथ्वी दिवसको अवसरमा सीतापाइलास्थित नेपाली सेनाको युद्ध कवच गणको परिसरमा मञ्चले उपलब्ध गराएका अम्बा,हलुवाबेद,भोगटे,असारेफुल,तेजपत्ता,कागतीलगायत विभिन्न फलफूलका २०० विरुवा रोपेर अभियानको सुरु गर्यो । कार्यक्रममा विश्व शान्ति मञ्चका संस्थापक अध्यक्ष बासु गौतमले सन् २०१९ यता २० हजार बोटविरुवा रोपिसकेको जानकारी गराए ।

प्रत्येक २२ अप्रीललाई पृथ्वी दिवसका रुपमा सन् १९७० देखि नै विश्वव्यापी रुपमा मनाइदै आएको छ ।
नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ ।


क्याटेगोरी : ताजा अपडेट, प्रयासहरु


तपाईको कमेन्ट लेख्नुहोस्