Techie IT
१२ जेठ २०८१, शनिबार

इटलीको सवैभन्दा लामो नदिको ७५ प्रतिशत भाग सुक्यो


इटालीको सबैभन्दा लामो नदी पो गत वर्षदेखि सुक्न थालेपछि अझै सुक्दै गएको छ । नदिको ७५ प्रतिशत पानी सकिए पछि चिन्ता छाएको छ । जलवायु परिवर्तनको पछिल्लो उदाहरणको रुपमा यो नदिलाई लिन सकिन्छ ।
खडेरीका कारण उक्त नदीले आफ्नो धार बदल्न थालेको एजेन्सीले जनाएको छ । अहिले पो नदीमा अहिले जहाजहरु चल्न रोकिएका छन् । अहिले जहाजका वरिपरि बालुवा मात्र बाँकी छन् भने खोला सुकेको छ ।
छिट्टै पानी परेन भने गर्मीमा यो खोला नराम्ररी सुक्छ । जसका कारण सर्वसाधारणलाई आवतजावतमा समस्या पुग्ने भएको छ । यसमा दिनहुँ जसो चार सयले यात्रा गर्थे । यस खोला वरपरको बाक्लो बस्तीमा मानिसहरू बस्छन् । धेरै उद्योग छन् । यससँगै यस नदीको किनारमा देशको सबैभन्दा बढी खेती हुने क्षेत्र छ । मानिसहरु बिदा मनाउन आई यहाँ सफा पानीमा नुहाउने मजा लिन्थे तर अव खोला सुकेपछि कस्तो हुने हो त्यहाँका बासिन्दाहरु चिन्तित भएका छन् ।
अप्रिलको सुरुमै सो नदीले गएको ३० वर्षमध्ये यो पटक निकै तल सम्म पानीको स्तर रहेको थियो । यो मौसममा नदीको बहाव एक तिहाइ मात्रै बाँकी छ । सिँचाइ, खानेपानी र विद्युत उत्पादनका लागि नदीमा पानीको चरम अभाव छ । पो नदीमा पहाडहरूबाट पग्लिएको हिउँबाट पानी आउने गर्दथ्यो । सँगै देशभरका प्राकृतिक तथा मानव निर्मित तालहरूमा पानीको सतह ३० प्रतिशतले घटेको छ भने पछिल्लो १० वर्षमा हिउँको स्तर ७५ प्रतिशतले घटिसकेको समाचार एजेन्सीहरुले जनाएका छन् ।


क्याटेगोरी : ताजा अपडेट, विपद्


तपाईको कमेन्ट लेख्नुहोस्