Techie IT
११ माघ २०८१, शुक्रबार

राष्ट्रपतिको सम्बोधनमा जलवायु परिवर्तनका सवाल, के विपक्षीले पास हुन देलान ?

जलवायु परिवर्तनबारे केही बोले पनि यसको कार्यान्वयमा शंका


राष्ट्रपति रामचन्द्र पौडेले संसदमा जेठ ५ गते गर्नु भएको सम्बोधनमा जलवायु परिवर्तनका केही सवालहरु उल्लेख गरिए पनि त्यसबारे विपक्षीले खास चासो देलान भन्ने कम आँकलन गरिएको छ । विश्वव्यापी रुपमा जलवायु परिवर्तनका कुराहरु प्रमुख रुपमा उठेपनि नेपालमा यी सवाल अझै गौण र देखाउने दाँत मात्र भएको केही विज्ञहरुको आलोचना छ ।

गठवन्धनको सरकारले सञ्चालन गरेको सरकारको एक घर एक धारा नीति अनुसार यसलाई जलवायु अनुकुलको खानेपानी प्रणालीका रुपमा विकास गर्ने उल्लेख छ । खानेपानीको मुहान संरक्षण गर्ने पनि प्राथमिकतामा राखेको छ ।
विश्वव्यापी रुपमा गरिएको प्रतिवद्धता अनुसार सन् २०४५ भित्र खुद शुन्य कार्वन उत्सर्जन गर्न खनिज उर्जालाई नविकरणीय उर्जाले व्यवस्थापन गरिने, हाइडोजन इन्धनको उत्पादन र उपयोगको संभावना अध्ययन गरिने, हरित उर्जा प्रावधानमा सहायता गरिने पनि उल्लेख छ ।

जलवायु परिवर्तनका असर र प्रभावलाई सामना गर्न उत्थानशीलता वृद्धि गर्ने, जलवायु अनुकुल तथा व्यवस्थापनका क्रियाकलालाई एकीकृत गरेर जोखिम न्यूनीकरण तथा रोकथाम गरिने, जोखिमा रहेका बस्तीको स्थानान्तरण गरिने, सुचना प्रणालीको विकास गर्दै लाने नीति लिएको पनि राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा वाचन गरेका थिए ।
नीतिमा हिमाल बचाउन अभियान चलाउने पनि उल्लेख छ ।

विपक्षी एमालेले सरकारको नीतिलाई पास हुन नदिने घोषणा गर्नुले आम चासोका विषय भएको छ । जलवायु परिवर्तनबारे बनेको नीतिलाई पनि पास हुन नदिनुले विपक्षी दल यो विषयमा कत्ति सम्बेदनशील छ भन्ने प्रष्ट भएको छ ।


क्याटेगोरी : ताजा अपडेट


तपाईको कमेन्ट लेख्नुहोस्