Techie IT
५ फागुन २०८१, सोमबार

जलवायु परिवर्तन विषयमा स्नातकोत्तरको पढाइ सुरु हुने


पोखरा विश्वविद्यालयले स्नातकोत्तर तहमा वातावरण व्यवस्थापन र जलवायु परिवर्तन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
यसअघि नेपालका विश्वविद्यालय तहमा जलवायु परिवर्तन सम्बन्धीको विषय अध्यायपन हुने गरेपनि जलवायु परिवर्तनमा स्नातकोत्तर भनेर डिग्री दिने गरिएको थिएन ।
स्कुल अफ इन्भोरोन्मेन्टल साइन्स एन्ड म्यानेजमेन्ट (स्किम्स) ले यो विषय जलवायु परिवर्तनलाई नै फोकस गरेर कार्यक्रम ल्याएको जनाएको छ ।
नेपालले जलवायु परिवर्तनमा विभिन्न सन्धी तथा सम्झौता गर्ने गरेपनि जलवायु सम्बन्धी काम गर्दा क्लाइमेट चेन्जकै विज्ञ कम भएकाले विदेशी विज्ञ नै ल्याउनु पर्ने वाद्यता छ । स्नातकोत्तर तहको अध्ययनले नेपाली विज्ञहरु तयार गर्न सक्ने स्किम्सले जनाएको छ ।
हाल यो विषय पोखरा विश्वविद्यालयको स्कूल अफ इन्भारोन्मेन्टल साइन्स एन्ड म्यानेजमेन्टमा मात्रै अध्यापन हुन्छ ।


क्याटेगोरी : ताजा अपडेट


तपाईको कमेन्ट लेख्नुहोस्