स्वच्छ हावा प्रवर्धन र वायू प्रदुषण न्यूनीकरण गर्न बजेट अपुरो भएकोमा नागरिक समाजको असन्तुष्टी

काठमाडौँ, जेठ २९ । सरकारले आगामी आ.व. २०८०/८१ का लागि ल्याएको बजेट स्वच्छ हावा प्रवर्धन तथा वायू प्रदुषण रोकथाम र न्यूनीकरणका लागी अपुरो रहेको भन्दै नागरिक समाज संघसंस्थाहरुले असन्तुष्टी जनाएका छन् ।
क्लिन एयर नेटवर्क नेपालको नेतृत्वमा वातावरण संरक्षणमा कृयाशिल बिभिन्न एक दर्जन संघसंस्थाहरुद्धारा जारी विज्ञप्तीमा सरकारले ल्याएको नयाँ बजेट हावा प्रवर्धन तथा वायू प्रदुषण रोकथामका लागि प्रयाप्त नभएकाले सच्याउन माग गरेका हुन् ।
नेपालको संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको व्यवस्था गरेको र यो मौलिक हकको आवश्यक कार्यान्वयन गर्ने दायित्व सरकारको नै रहेकाले यसबारे बजेटमा समेत ध्यान दिन उनिहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
विज्ञप्तीमा उनिहरुले नौ बुदें धारणा समेत सार्वजनिक गरेका छन् । जसमा हावा प्रवर्धन तथा वायू प्रदुषण रोकथाममा बजेट प्रयाप्त नभएको, वन डढेलो जस्ता प्राकृतिक विपत्ती नियन्त्रण गर्न अग्नि नियन्त्रण हेलिकप्टर लगायत आवस्यक स्रोत साधनको ब्यवस्था गर्न बजेटले सम्बोधन नगरेको, वायु गुणस्तर मापन केन्द्रमा रहेको अनुगमन स्टेशनहरु विग्रिएकाले मर्मत ध्यान नदिएको र हचुवामा देशका विभिन्न स्थानमा केन्द्रको विस्तार गर्ने कार्यक्रम सार्वजजनिक गरेको विज्ञप्तीमा उल्लेख छ ।
नौ बुंदे धारणामा वातावरण र जनस्वास्थ्य संस्था, राष्ट्रिय जनवकालत मंच नेपाल, युवा वकालत मंच नेपाल, जलवायुका लागि नेपाली युवा, चाँगुनारायण नगरस्तरीय स्वच्छ हावा संजाल, नगरस्तरीय स्वच्छ वातावरण नागरिक समाज ललितपुर, चन्द्रागिरी नगरस्तरीय स्वच्छ वातावरण प्रर्वधन नागरिक संजाल, काठमाडौँ वायु गुणस्तर व्यवस्थापन नागरिक समाज संजालले समर्थन जनाएका छन् ।
विज्ञप्तीमा पेट्रोलियम पदार्थको प्रयोग कम गर्न साथै यसको विकल्प खोज्न समेत सरकारलाई आग्रह गरिएको छ । त्यस्तै प्लाष्टिकजन्य पदार्थको प्रयोगलाई न्यूनिकरण गर्न, बिभिन्न रोग रोकथाम र नियन्त्रणमा प्रयोग गरीने किटनासक विषाधीको प्रयोग वायु प्रदुषण नगराइकन संचालन गर्न समेत उनिहरुले माग गरेका छन् ।
क्याटेगोरी : ताजा अपडेट
तपाईको कमेन्ट लेख्नुहोस्