जलवायु न्यायका लागि शुक्रबारको अभियान जारी रहने

जलवायु अभियन्ता स्वीडेनकी ग्रेटा थनबर्गले आफ्नो स्कुलको पढाइ सकेपनि शुक्रबार गरिदै आएको स्कूल हडताल जारी राख्ने वाचा गरेकी छन् ।
आजबाट मेरो स्कुले जीवन सकिएको छ, जसको मतलब म अब जलवायुको लागि स्कूल हडताल गर्न नसकुला ग्रेटाले ट्विटरमा भनेकि छन् । तर यो विरोध भने रही राख्ने उनको मनसाय छ ।
स्विडेनी विद्यार्थीहरूले सामान्यतया १९ वर्षको उमेरमा आफ्नो उच्च माध्यमिक स्कुले अध्ययन पूरा गर्छन् । तर ग्रेटाले अभियानको लागि एक वर्षको छुट्टी लिएकी थिइन्। ।
सन २०१८ मा स्विडेनको संसद बाहिर विरोध प्रदर्शन गर्दा उनी १५ वर्षकी थिइन् । जलवायु परिवर्तनको लागि विद्यालय हडतालको चिन्ह बोकेर, उनले राजनीतिज्ञहरूले कारबाही गर्दा मात्र उपस्थित हुने बताएकी थिइन्।् ।
उनको एकल विरोधले युरोप, अमेरिका र अष्ट्रेलियामा विभिन्न आन्दोलनहरू निम्त्यायो, जसलाई फ्राइडे फर फ्यूचर वा क्लाइमेटका लागि स्कूल स्ट्राइक भनेर चिनिन्छ । ग्रेटाले पृथ्वीलाईलाई तातो पार्ने जीवाश्म इन्धनहरूबाट छुटकारा पाउन संसारकै युवाहरूको लडाइको उदाहरण बन्न पुगेकि छन् । आफ्नो ट्विटर बायोमा आफूलाई एक स्वतन्त्र जलवायु न्याय कार्यकर्ताको रूपमा उल्लेख गर्दै, उनले बारम्बार अन्तर्राष्ट्रिय मञ्चमा विश्व नेताहरूको आलोचना गरिन् र ट्विटरमा उनीहरूसँग विवाद चर्काइन । उनलाई नोबेल शान्ति पुरस्कारको लागि समेत मनोनयन गरिएको थियो । यस वर्षको सुरुमा उनी जर्मनीमा कोइलाको बिरूद्धको विरोधमा छोटो समयका लागि हिरासतमा पनि पुगिन ।
प्राविधिक रूपमा विद्यालय हड्ताल नभए पनि म शुक्रबार विरोध जारी राख्छु । हामीसँग सम्भव भएसम्म गर्न बाहेक अर्को विकल्प छैन । लडाई भर्खरै सुरु भएको छ, उनले भनेकी छन् ।
(एजेन्सीहरुको सहयोगमा)
क्याटेगोरी : ताजा अपडेट
ट्याग : #अभियन्ता, #ग्रटा, #जलवायु न्याय, #जलवायु परिवर्तन
तपाईको कमेन्ट लेख्नुहोस्