जलवायु परिवर्तनले मानव मस्तिष्क खुम्च्याउँदै
मानव जातीको भविष्य झनै खतरनाक हुन सक्ने बैज्ञानिकहरुको आँकलन
जलबायु परिवर्तनलाई मानिसहरुले अव सामान्य रुपमा मात्र लिन नहुने भएको छ । यसले पार्ने प्रभाव अत्यन्तै गंभीर रुपमा देखा पर्न थालिसकेको अध्ययनहरुले देखाएका छन् । हालै एउटा अध्ययनले जलवायु परिवर्तनकै कारण मानव मस्तिष्क साघुरो हुँदै गएको समेत पत्ता लगाएको छ । मानव मस्तिष्कको आकार खुम्चिदै गएको एव यसको आकार समेत सानो हुँदै गएको सोधकर्ताहरुको अध्ययनबाट देखिएको छ ।
जलवायु परिवर्तनको चाप तथा संंकट बढ्दै जानथालेपछि मानिसको मस्तिष्कको आकार झनै घट्दै जाने निष्कर्ष ती शोधकर्ताहरुको छ । पछिल्लो ५० हजार वर्षमा जलवायुमा आएको परिवर्तनसँगै बदलिएको मानिसको शरीरसम्बन्धी रेकर्ड वैज्ञानिकहरुसँग छ । ती सोधकर्ताको अध्ययनबाट यो पुष्टि भएको छ कि, तापमान बढ्नु, मौसम बदलिनु तथा जलवायु परिवर्तन हुनुले मानिसको मस्तिष्कमा संकुचन आइरहेको छ र आकार घटिरहेको छ । भविष्यमा यसले अझै खतरनाक अवस्था पैदा गर्नेवाला छ ।
क्यालिफोर्नियास्थित नेचरल हिस्ट्री म्युजियमका वैज्ञानिक जेफ मोर्गन स्टिबलले बदलिंदो जलवायु परिवर्तनबाट सिर्जित तनावलाई मानिसले कसरी खपिरहेको छ र जलवायु परिवर्तनसँग मानिसको मस्तिष्क कसरी अनुकूलित भएको छ भन्ने कुराको अध्ययन गरेका थिए । उक्त शोधको रिपोर्ट ब्रेन, बिहेवियर एण्ड इभोल्यूसन जर्नलमा प्रकाशित भएको छ । यो लेख पढ्न यो लिन्कमा जानु होस् ।
अध्ययनका क्रममा मोर्गनले नमूनाको रुपमा २ सय ९८ वटा मानव मस्तिष्कको आकारको नापजाँच अध्ययन गरेका थिए । जुन मानिसका मस्तिष्कका पुरानो जिवाश्महरु थिए । ती मस्तिष्कका विभिन्न ३७३ वटा मापन लिइएको थियो । मस्तिष्कका नमूनाहरुमा ५० हजार वर्ष पुरानादेखि नयाँसम्मका छन् ।
शोधकर्ताले यस अवधिको विश्वव्यापी तापमान, आद्रता तथा वर्षाको आँकडाको पनि अध्ययन गरेका थिए । त्यसक्रममा के देखियो भने जब जलवायुमा परिवर्तन आएर गर्मी बढ्दछ तब मानिसको दिमागको औसत आकार घट्न थाल्दछ । जबकि चिसो मौसममाचाहिं मस्तिष्कको आकार बढ्दछ । जेफका अनुसार कतिपय प्रजातिका जीवहरुको मस्तिष्कको आकार भने पछिल्ला केही लाख वर्षयता बढिरहेको छ । मानिसको हकमा भने त्यसको उल्टो भएको पाइएको छ ।
अध्ययनका क्रममा जेफले मस्तिष्कका नमूनाहरुलाई १०० वर्ष, पाँच हजार वर्ष, १० हजार वर्ष र १५ हजार तथा त्योभन्दा बढीको वर्गमा बाँडेका थिए । यसबाट उनले चारवटा अलग अलग समयको अलगत अलग मौसमको हिसाब गर्दै त्यसको हिसाबले मस्तिष्कको आकारको विश्लेषण गरे ।
मौसमजन्य तथ्यांकहरु युरोपियन प्रोजेक्ट फर आइस कोरिंग इन अन्टार्कटिका डोम सीबाट लिइएको थियो । यो परियोजनाले ८ लाख वर्ष पहिलेसम्मको पृथ्वीको सतहको तापक्रमको रेकर्ड राख्दछ । मानिसको मस्तिष्क साँघुरिने प्रक्रिया पछिल्लो पाँच देखि १७ हजार वर्षको बीचमा सबैभन्दा तीव्र बनेको शोधकर्ताको भनाइ छ । यसको प्रमुख कारण चाहिं विश्वमा बढिरहेको तापमान हो । विश्व उष्णीकरणको दर निरन्तर बढिरहेको छ ।
लामो समयमा यसको असर मानिसको दिमागमा पर्नेछ र मस्तिष्कको आकार अझै सानो हुनेछ । मस्तिष्कको आकार घट्नुको असर मानिसको शरीरमा तथा व्यवहारमा पनि पर्ने पक्का छ । तर त्यसबाट कस्तो असर पर्दछ भन्ने कुरा चाहिं थप अध्ययनको विषय नै रहेको छ ।
सेफ भन्छन्( मेरो अध्ययनले के पुष्टि गरेको छ भने तापमान बढ्नु, मौसम बदलिनु तथा जलवायु परिवर्तनका कारण मानिसको मस्तिष्कमा संकुचन आइरहेको छ र आकार घटिरहेको छ । भविष्यमा यसले अझै खतरनाक अवस्था पैदा गर्नेवाला छ ।
यहाँ क्लिक गरेर यसबारेको एकेडेमिक जर्नलमा छापिएको लेख हेर्नुहोस ।
क्याटेगोरी : ताजा अपडेट
तपाईको कमेन्ट लेख्नुहोस्