Techie IT
५ फागुन २०८१, सोमबार

जलवायु परिवर्तनका कारण प्रभावित देशहरुलाई क्षतिपूति दिन नसकिनेः अमेरिका


अमेरिकाले जलवायु परिवर्तनका कारण उत्पन्न प्रकोपबाट प्रभावित विकासशील देशहरूलाई कुनै पनि परिस्थितिमा क्षतिपूर्ति नदिने बताएको छ ।

जलवायु दूत जोन केरीले यस विषयमा छलफल गर्न चीन जानुअघि यस्तो टिप्पणी गरेका हुन् ।

कार्वन उत्सर्जन तथा हरितगृह ग्याँसहरु उत्पादन अधिक गर्ने देशहरुबाट केही देशहरु सो वापतको क्षतीपूर्ति माग गर्दै आएका छन् । यसैको लागि भनेर गरिब राष्ट्रहरूको लागि कोष स्थापना गरिएको छ, तर धनी देशहरूले सो कोषका लागि कति दिनेछन् भन्ने स्पष्ट छैन । जव कि यो सवाल विश्वभरका जलवायु परिवर्तनका अभियन्ताहरुले व्यापक उठाइरहेका छन् ।

पूर्व विदेश सचिव केरीलाई प्रतिनिधि सभाको विदेश मामिला समितिमा सुनुवाइको क्रममा सोधिएको प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन । उनलाई अमेरिकाले बाढी, आँधी र अन्य जलवायुका कारण आएको विपद्बाट क्षति भएका देशहरूलाई क्षतिबापतको भुक्तानी गर्छ कि गदैन भनेर सोधिएको थियो । जवाफमा उनले भनेको थिए, कुनै पनि परिस्थितिमा त्यस्तो क्षतिवापतको रकम हामीले प्रदान गर्ने छैनौ ।

आगामी नोभेम्बरमा दुबईमा हुने यस वर्षको राष्ट्रसंघीय जलवायु सम्मेलन कोप २८ को योजनालगायत जलवायु परिवर्तनका विषयमा छलफल गर्न अधिकारीहरूसँग भेट गर्न बेइजिङको यात्रा गर्नुअघि उनले त्यसो भनेका हुन् ।

गत वर्षको इजिप्टमा सम्पन्न कोप २७ मा संलग्न २०० भन्दा बढी देशहरुले जलवायु परिवर्तनको कारण भएको क्षतिलाई सम्बोधन गर्न लस एण्ड ड्यामेज फण्डको व्यवस्था गर्न सहमत भएका थिए । जुन कोष विशेष गरी कमजोर राष्ट्रहरूमा वितरण गर्नु अघि विकसित राष्ट्रहरूद्वारा उक्त कोषको घोषणा गर्नु पर्ने छलफल भएको थियो ।

यद्यपि उक्त सहमतिलाई सम्मेलनको प्रमुख सफलताको रूपमा लिइएको थियो । त्यस्तो कोषको संचालन कसरी गर्ने र कुन सम्पन्न देशहरुले कसरी त्यस कोषमा प्रवाह गर्ने छन् र कमविकसित देशहरुले उक्त कोषबाट कसरी लाभ लिनु पर्छ भनेर यस वर्ष शृङ्खलाबद्ध बैठकहरू भइरहेका छन् ।

विकासोन्मुख देशहरु जलवायु परिवर्तनसम्बन्धी प्रभावहरूबाट असमान रूपमा प्रभावित भएकाले विकासशील देशहरूबाट क्षतिपूर्तिको माग गरेका हुन् । तर जोन केरीको यस्तो भनाइले जलवायु परिवर्तनका सवालमा काम गरिरहेका सरोकारवालाहरुलाई भने चिन्तित तुल्याएको छ ।

श्रोतः एजेन्जीहरुको सहयोगमा ।

 


क्याटेगोरी : ताजा अपडेट
ट्याग : ##अमेरिका #लस एण्ड ड्यामेज, ##कोप२८ #कोप२७, #जलवायु

तपाईको कमेन्ट लेख्नुहोस्