सन् २०५० भित्र दिल्लीले जलवायु परिवर्तनका कारण अरबौको नोक्सानी भोग्ने प्रक्षेपण
जलवायु परिवर्तनको प्रभावका कारण दिल्लीले आगामी सन् २०५० सम्ममा पौने तीन ट्रिलियन रुपैयाँ बराबारको नोक्सानी भोग्ने प्रक्षेपण गरिएको छ । वर्षा र तापमानको ढाँचामा आएको परिवर्तनले सबैभन्दा कमजोर तथा गरीव मानिसहरुको जीवनमा महत्वपूर्ण जोखिमहरु खडा भएका छन् । जलवायु परिवर्तन सम्बन्धी सरकारको मस्यौदा कार्ययोजनाबाट यो प्रक्षेपण आएको हो ।
अनुमोदन हुन बाँकी रहेको उक्त योजनाले आगामी वर्षहरूमा दिल्ली सहरले सामना गर्न सक्ने प्रमुख चुनौतिहरूको रूपमा उच्च तापक्रम र थोरै दिनमा भारी वर्षा हुने घटनाहरूलाई प्रमुख मानेको छ ।
अनुमोदनको लागि विचाराधीन रहेको योजनाले तापमानमा उछाल आउने र भारी वर्षाका घटनाहरू भारतमा अधिक बढ्ने अनुमान पनि गरिएको छ । सन् २००८ मा जलवायु परिवर्तन राष्ट्रिय कार्य योजना बनाइ राज्य सरकारहरूलाई आफ्नै कार्य योजनाहरू बनाउन पनि निर्देशन दिइएको थियो ।
नयाँ कार्य योजना तर्जुमा गर्दा जलवायु परिवर्तनको छैटौं मल्याकन प्रतिवेदन आइपिसीसीसम्बन्धी अन्तरसरकारी प्यानलले वार्षिक अधिकतम र न्यूनतम तापक्रम तथा वर्षामा विभिन्न जलवायु परिदृष्यको प्रभावको विश्लेषण गर्दै उक्त प्रक्षेपण गरेको विज्ञहरुले बताएका छन् ।
एजेन्सीहरुको सहयोगमा
क्याटेगोरी : ताजा अपडेट
ट्याग : ##climatechange, ##Delhi, ##lossanddamage
तपाईको कमेन्ट लेख्नुहोस्