Techie IT
१२ जेठ २०८१, शनिबार

१६ करोड वर्ष पुरानो काई जलवायु परिवर्तनले लोप


१६ करोड पचास लाख वषै सम्म बाँचेको काई (मोस) जलवायु परिवर्तनकै कारण मरिरहेको छ । ताकाकिया लेपिडोजियोइड्स नामक उक्त काई पृथ्वीमा पहिले उम्रिएको भूमि बिरुवाहरू मध्येको एक थियो । मुख्यतया अमेरिका, जापान र तिब्बतमा पाइने सो काई कम्तिमा १६ करोड ५० लाख वर्षसम्म बाँचेको विश्वास गरिन्छ । डायनासोरहरूलाई मार्ने लगायत धेरै विनाशकारी जलवायुका घटनाहरूमा समेत बाँचेको यो काई नयाँ अध्ययनले जलवायु परिवर्तनकै कारण जङ्गलमा हराउँदै गएको निष्कर्ष निकालेको छ । बढ्दो तापक्रमले बिरुवाहरु मर्दै तथा घट्दै गएकोले यसको लोप भएको हुन सक्ने जलवायु विज्ञहरुको अनुमान छ ।

(श्रोत व्लुमवर्ग)


क्याटेगोरी : ताजा अपडेट


तपाईको कमेन्ट लेख्नुहोस्