Techie IT
१२ जेठ २०८१, शनिबार

शान्ति प्रक्रिया र जलवायु परिवर्तनका मुद्दा प्राथमिकतामा


संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले आइतबारदेखि नेपालको चारदिने भ्रमण गर्ने क्रममा शान्ति प्रक्रिया र जलवायु परिवर्तनका मुद्दा प्राथमिकतामा पर्ने भएका छन्।

 परराष्ट्रमन्त्री एनपी साउदले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणका महत्त्वपूर्ण एजेन्डाहरू तय भइसकेको जानकारी दिनुभयो । ‘विश्व शान्ति र नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन र हिमालयले भोगिराखेको समस्या तथा विश्व शान्तिको प्रतीक गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण, दिगो विकासका लक्ष्यलगायत नेपाल भ्रमणका मुख्य एजेन्डा हुन्,’ मन्त्री साउदले जानकारी दिएका छन् ।

कात्तिक १३ गते महासचिव गुटेरेस जलवायु परिवर्तनको असरलाई बुझ्न सोलुखुम्बुको स्याङ्बोचेसम्म अवलोकन गर्न पुग्ने कार्यक्रम छ । पोखरामा बस्ने, अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरा फर्केर पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्ने र त्यसपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने र काठमाडौं फर्केर संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कान्तिपुर अनलाइनले जनाएको छ ।


क्याटेगोरी : ताजा अपडेट


तपाईको कमेन्ट लेख्नुहोस्