Techie IT
११ माघ २०८१, शुक्रबार

“कोपमा नेपालको कुरा राख्न रोडम्याप बनाएका छौँ,”

आउँदो मंसिर १४ देखि २६ गतेसम्म दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २८ औँ सम्मेलन (कोप–२८) मा नेपालले जलवायु परिवर्तनबाट परेको प्रभावका बारेमा आफ्ना एजेण्डा गहन रुपमा प्रस्तुत गर्ने


‘नेपालले जलवायु परिवर्तनसम्बन्धी कोपमा भाग लिँदैछ । यसमा हाम्रो तीन, चार किसिमको तयारी छ । नेपालको सिस्टमेटिकल्ली रोडम्याप नै बनाएर केके काम गर्ने ? कसरी तयारी गर्ने भनेर रोडम्याप बनाएका छौँ । त्यो अनुसार अघि बढेका छौँ ।

हामीले कुनकुन विषयलाई जोड गर्ने ? कुन प्राथमिकतामा राख्ने ? कुन विषय वार्ताका क्रममा नबोल्ने पनि हुन्छन्। हाम्रा महत्वपूर्ण कुराहरु पहिचान गरेर हाम्रा मुख्य एजेण्डाहरु तयार पारेका छौँ । एउटा पोजिशन पेपर लिएर जाने र सबैले जहाँ गएपनि एउटै आवाज भन्नेछौँ ।

टिम राम्रो र इफेक्टिभ टिम गए राम्रो हुनेछ । त्यो अनुसार जानेछौँ । एजेण्डा यहाँबाट माझेर जानेछौँ । छलफल गरेर जानेछौँ । हाम्रा आवश्यकतालाई राख्नुपर्नेछ । त्यहाँ सबै देशका जानुहुन्छ, त्यसलाई अवसरका रुपमा लिने गरी अनौपचारिक रुपमा भेटघाट गरेर हाम्रा समस्याहरु राख्नेछौँ । त्यसले क्लाइमेट फाइनान्स, सपोर्ट, एक्सममा सहयोग पुग्नेछ ।

नेगोसिएसशनमार्फत, पेभेलियमा साइट कार्यक्रममार्फत र अर्को बाइलेटरल मिटिङमा राख्ने गरी तयारी गर्दैछौँ । हिमालको बारेमा हामी गम्भीर छौँ । माउण्टेन इस्युलाई अघि बढाउन पनि हाम्रो प्रयास हुन्छ ।

हिमाललाई छुट्टै एजेण्डा बनेर पनि जानसक्छ वा अर्कोमा घुसाएर पनि जानसक्छ । अरु देशसँग वार्ता गर्नेछौँ । माउण्टेनको एजेण्डामा एक्लै बोलेर पनि हुँदैन, अरु देशसँग सरसल्लाह गरेर अघि बढाउनुपर्छ।’


क्याटेगोरी : ताजा अपडेट
ट्याग : ##climate #Nepal #Buddhi, ##cop28

तपाईको कमेन्ट लेख्नुहोस्