Techie IT
१२ जेठ २०८१, शनिबार

के भयो त जलवायु सम्मेलन कोप २८ मा ?

सम्मेलनको सफलता आगामी वर्षहरूमा विश्वले व्यवहारमा ल्याउने परिवर्तनहरूमा भर पर्ने


दुबईमा भएको संयुक्त राष्ट्रसंघको ठूलो बैठकमा विश्वका नेताहरू जलवायु परिवर्तनसँग जुध्न नयाँ सहमतिमा पुगेका छन् । शिखर सम्मेलनले एक वर्षको चरम मौसमी घटनाहरू पछ्याएका थिए जहाँ जलवायु का कयौ रेकर्डहरू तोडिएका थिए ।
कोप २८ संयुक्त राष्ट्र संघ युएनको अठाइसौ वार्षिक जलवायु बैठक हो यसले सरकारहरूले जलवायुको सवाललाई कसरी सम्बोधन गर्ने र भविष्यमा जलवायु परिवर्तनको लागि कस्तो तयारी गर्ने भन्ने बारेमा छलफल हुन्छ ।

शिखर सम्मेलन संयुक्त अरब इमिरेट्स दुबईमा गत नोभेम्बर देखि डिसेम्बरको १२ सम्म चल्ने तालिका भए पनि एक दिन लम्बिएको थियो ।

तेल, ग्यास एवं कोइला जलवायु परिवर्तनका मुख्य कारणहरू हुन् । यिनीहरूलाई ऊर्जाको लागि जलाउँदा कार्बन डाइअक्साइड जस्ता हामो पृथ्वी तात्ने हरितगृह ग्यासहरू छोड्छन् । सम्मेलन यही विषयमा पनि निकै चर्चा भएको थियो, तेल उत्पादक राष्टमा यस्तो सम्मलेन हुनुले महत्वपूर्ण अर्थ रोखेको थियो ।

फोसिल फ्यूल (जीवाश्म इन्धन) बारे कोपमा के सहमति भयो ?
सम्मेलनमा पहिलो पटक सहभागी देशहरू ऊर्जा प्रणालीहरूमा जीवाश्म ईन्धनबाट टाढा रहनु पर्ने आवश्यकतामा सहमत भएका छन् । सम्मेलनमा सहभागीहरुले न्यायपूर्ण, व्यवस्थित र समन्यायिक तवरमा यसको प्रयोगलाई सक्रमण या टान्जिटको रुपमा लिन आह्वान गर्दछ भनेका छन् । धनी देशहरू कोइला, तेल र ग्यासबाट धेरै चाँडो टाढा जाने अपेक्षा गरिएको छ भन्ने महत्वपूर्ण मान्यताको रूपमा यसलाई हेरिएको छ । यो नै सम्मेलनको एउटा कदमको रुपमा लिइएको छ ।

यद्यपि, सम्झौताले देशहरूलाई कारबाही गर्न बाध्य पार्दैन र कुन समय भित्र यसलाई गरिसक्ने भन्ने निर्दिष्ट गरेएका भने छैनन ।
सम्मेलनमा संयुक्त राज्य अमेरिका, बेलायत, युरोपियन देशहरु लगायत धेरै देशहरु जलवायु परिवर्तनको सबैभन्दा जोखिममा रहेका केही राष्ट्रहरूले फोसिल फ्यूल (जीवाश्म ईन्धन) लाई फेज आउट गर्न थप महत्वाकांक्षी प्रतिबद्धता चाहेका थिए ।
सम्झौतामा वायु र सौर्य ऊर्जा जस्ता नवीकरणीय ऊर्जाको क्षमता तीन गुणा बढाउने र सन् २०३० सम्ममा ऊर्जा दक्षता सुधारको दर दोब्बर बनाउने विश्वव्यापी लक्ष्यहरू समावेश छन्।

उक्त सम्झौताले देशहरूलाई कार्बन जगेर्ना (क्याप्चर) र भण्डारण गर्न तथा न्यून एवं शून्य उत्सर्जनका प्रविधिलाई तीव्रता दिन पनि आह्वान गरेको छ ।

यो जलवायु सम्मेलन विश्वव्यापी तापमान वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रमुख लक्ष्यको लागि महत्त्वपूर्ण समयमा भएको छ । सन् २०१५ मा पेरिसमा भएको कोप २१ मा करिब २०० देशहरूले यसबारे सहमति जनाएका थिए । जलवायु परिवर्तनको सबैभन्दा हानिकारक प्रभावहरूबाट बच्न पेरिस प्रतिबद्धता एउटा महत्वपूर्ण घोषणा मानिन्छ ।

कोप २८ मा करिब २०० राष्ट्रले प्रतिनिधित्व गरेका छन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनक, जर्मन चान्सलर ओलाफ स्कोल्ज, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शिखर सम्मेलनको शुरुवातमा सहभागी हुने विश्वका नेताहरू हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका सी जिनपिङ गएनन । तर दुवै देशको ठूलो प्रतिनिधित्व थियो ।

लगभग १ लाख राजनीतिज्ञ, कूटनीतिज्ञ, पत्रकार र अभियानकर्ताहरूले बैठकमा सहभागी हुन नाम दर्ता गरेका थिए । यसलाई अहिलेसम्मको सबैभन्दा ठूलो जलवायु सम्मेलन मानिएको छ ।

सम्मेलनमा कोइला, तेल र ग्यास उद्योगहरूसँग सम्बन्धित लगभग २४०० व्यक्तिहरू समावेश भए, जसले फोसिल फ्रयुल (जीवाश्म ईन्धन) समूहहरूको सवालबारे पनि छलफल भएको थियो ।

के धनी देशहरूले जलवायु परिवर्तनको कारण भुक्तान दिन्छन् त ?
कोप २८ चलिरहेको बेला, यो घोषणा गरियो कि लस एण्ड ड्यामेज (नोक्सान र क्षति) कोषले पैसा हस्तान्तरण गर्न सुरु गर्न सक्छ ।
यस कोष बारे कोप २७ मै सहमत भएको थियो । जसले धनी देशहरू जो तापक्रम वृद्धिका लागि मुख्य कारक या योगदानकर्ताहरू हुन उनीहरुले जलवायु परिवर्तनको प्रभावहरूको सामना गरिरहेका गरिब देशहरूलाई क्षति वापत भुक्तानी दिनु पर्छ ।

तर यो कुरा गहिरो रूपमा विवादित रह्यो, अमेरिका जस्ता धनी देशहरू विगतको उत्सर्जनको दायित्व स्वीकार गर्न मानेनन् ।

हालसम्म अपेक्षाकृत थोरै रकमको प्रतिवद्धता प्राप्त भएको छ, तर कोषको स्थापना र सञ्चालनलाई धनी र गरिब देशहरू बीच विश्वास निर्माण गर्न महत्त्वपूर्ण कदमको रूपमा लिइएको छ ।

विकसित देशहरूले सन् द्दण्द्दण् सम्ममा विकासशील देशहरूलाई उत्सर्जन घटाउन र जलवायु परिवर्तनको लागि तयारी गर्न मद्दत गर्न वार्षिक एक सय बिलियन डलर प्रदान गर्ने वाचा सन् २००९ मै गरेका थिए । जुन रकम घोषणा गरिएको वर्ष भित्र प्रदान हुन नसके पनि सन् २०२२ भित्र उक्त रकम उपलबध भइसकेको आँकलन गरिएको छ ।

यो सम्मेलनले के फरक पार्छ त ?
अभियानकर्ता ग्रेटा थनबर्ग सहित अघिल्लो सम्मेलनका आलोचकहरूले शिखर सम्मेलनहरूलाई “हरियोधुवाइ“ को आरोप लगाएका छन् । हरियो धुवाई त्यो हो –जसले देशहरू र तथा व्यवसायहरूलाई वास्तवमा आवश्यक परिवर्तनहरू नगरी तिनीहरूको जलवायु पहलहरुको प्रवर्द्धन गर्न दिनु हो ।

तर शिखर सम्मेलनहरूले राष्ट्रिय उपायहरू भन्दा अन्य विकल्पको खोजी गर्न विश्वव्यापी पहलहरुको सम्भावना प्रदान गरेको भने छ । यसले विश्वले अपेक्षा गर्न सक्ने तापक्रमको स्तरलाई तल ल्याउन मद्दत गरेको छ । यद्यपि विश्वले पेरिस लक्ष्यहरू प्राप्त गर्न आवश्यक दु्रत गतिमा काम चाहि गरेका छैनन ।

अन्ततः यो सम्मेलनको सफलता आगामी वर्षहरूमा विश्वले व्यवहारमा ल्याउने परिवर्तनहरूले निर्धारण गर्नेछ ।

श्रोतः विविसि, अनुवाद क्लाइमेट खवर डेस्क ।


क्याटेगोरी : ताजा अपडेट


तपाईको कमेन्ट लेख्नुहोस्