Techie IT
५ फागुन २०८१, सोमबार

जलवायु परिवर्तन र प्राकृतिक विपद्हरूको प्रभावलाई दिगो व्यवस्थापन यसरी


जलवायु परिवर्तनका कारण नेपालमा बाढी, पहिरो, र खडेरी जस्ता प्राकृतिक विपद् बढ्दै गएको छ । यसको एक गतिलो उदाहरण भनेको अघिल्लो महिनामा परेको भारी वर्षासँगै आएको बाढी र पहिरो हो । सेप्टेम्बर २६ देखि २८ सम्मको भारी वर्षाले नेपालका केन्द्र र पूर्वी भागमा गम्भीर बाढी र पहिरो ल्यायो । जसले व्यापक क्षति र धेरै मानिसहरूलाई प्रभावित बनाएको थियो ।

केवल एक दिनमा, काठमाडौँमा ३०० मिमीको वर्षा रेकर्ड भयो, प्राप्त सरकारी विवरण अनुसार ५४ वर्षपछिको सबैभन्दा ठुलो बर्षा हो । ४ अक्टोबर सम्म, २३६ व्यक्तिहरूको मृत्यु भयो ।  धादिङको मात्र एक पहिलोमा परेर ३५ जनाले ज्यान गुमाए ।  ४,००० भन्दा बढी व्यक्तिहरूलाई उद्धार त गरियो । तर ५,००० भन्दा बढी व्यक्तिहरू विस्थापित बने । यसरी हेर्दा कुल दश हजार मानिसहरू यो विपद्को प्रत्यक्ष मारमा परे । आर्थिक क्षतिहरू १७ अर्ब रुपैयाँभन्दा बढी पुगेको सरकारी तथ्याङ्क छ । पूर्वाधार र कृषि क्षेत्र नराम्ररी प्रभाव परेको छ । नेपाल विश्वमा जलवायु परिवर्तनको संवेदनशील देशहरू मध्य एक हो, नेपाल । वन फडानी, हरित गृह उत्सर्जन, हिमनदी फुट्ने, अव्यवस्थित शहरीकरणले जलवायु परिवर्तनको जोखिलई बढवा दिइरहेको छ ।

जलवायु परिवर्तनले  विश्वव्यापी तापमान बढाएको छ । त्यसको असर मौसमी चक्रमा परेको छ, जस्तै : परिवर्तित मनसुनको समय र तीव्र बाढी जस्ता समस्या देखिन्छन् । बढ्दो तापमानका कारण हिमनदी पग्लिएर फुट्ने, कतै बाढी र कतै पानीको अभाव र खडेरी परेका छन् । भने, काठमाडौँ जस्ता शहरमा अत्यधिक जनघनत्व हुँदा ढल, बाढी र शहर व्यवस्थापन अपर्याप्त भएका छन् । जसले गर्दा भारी वर्षको बेला गम्भीर क्षति हुने सम्भावना देखिन्छ ।

नेपालमा जलवायु परिवर्तन र यसले हुने प्राकृतिक विपद् विरुद्धको दीर्घकालीन समाधान को रूपमा कृषि जैविक विविधताको जरुरी छ ।

कृषि जैविक विविधता  

कृषि जैविक विविधता स्थानीय प्रजातिका घरेलु जनावर र बालीहरूको प्रयोगलाई समावेश गर्छ,र यसले खेतीमा प्रयोग गरिने सबै प्रकारका बाली, पशु, र ससाना जीवाणुहरूको विविधता जोगाउँछ । यसमा विभिन्न प्रकारका बाली, बिउ बिजन, र पशुपन्छीलाई समेटेर खेती गर्नु पर्छ । कृषि जैविक विविधता जलवायु परिवर्तन र प्राकृतिक विपद् व्यवस्थापनमा महत्त्वपूर्ण छ ।

यसले विभिन्न बाली, पशुपालन, र खेतीका तरिकाहरूलाई अपनाएर कृषि प्रणालीलाई लचिलो र स्थिर बनाउँछ, जसले गर्दा यसले खडेरी, बाढी,पहिरो र तातो लहरजस्ता घटनाहरूको सामना गर्नुपर्ने स्थिति आउँछ । विविध खेती प्रणालीले माटोको स्वास्थ्य र पानीको भण्डारण क्षमता सुधार गर्छ । जसले बाढी र धेरै वर्षाको समयमा पानी जमिनमा पानी को मात्रा नियन्त्रण सँगै बाढी, खडेरी र पहिरो रोकथाम गर्छ ।

साथै, जैविक विविधताले विभिन्न बाली उत्पादन मौसम परिवर्तनका कारण केही बाली बिग्रिए पनि खानेकुरा उपलब्ध हुन्छ । यस्ता अभ्यासहरूले माटोमा कार्बन सञ्चय (carbon sequestration) गर्न पनि सहयोग गर्छ, जसले green house ग्यासको मात्रा घटाउँछ । जैविक विविधताले फरक फरक बाली प्रजातिहरूको विकास गर्न पनि मद्दत गर्छ, जसले भविष्यमा जलवायु परिवर्तनसँग मिल्दोजुल्दो खेती गर्न सघाउँछ । समग्रमा, कृषि जैविक विविधता दिगो, लचिलो, र अनुकूल कृषि प्रणाली बनाउने दीर्घकालीन उपाय हो, जसले जलवायु परिवर्तन र प्राकृतिक विपद्हरूको प्रभावलाई व्यवस्थापन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

कृषि जैविक विविधता बचाउने हाम्रो भूमिका

नेपालमा जलवायु परिवर्तन र यसको कारणले हुने प्राकृतिक विपद् विरुद्धको दीर्घकालीन समाधान को रूपमा कृषि जैविक विविधता बचाउन हाम्रो भूमिका रहेको छ। कृषि जैविक विविधता जोगाउन महत्त्वपूर्ण उपायहरू यस प्रकार छन् :

१) स्थानीय प्रजातिहरूको प्रवर्द्धन: स्थानीय र पारम्परिक बालीका प्रजातिहरू र घरेलु जनावरहरूको जुन वातावरणसँग राम्रोसँग अनुकूलित हुन्छन्, तिनीहरूको खेती गर्न प्रोत्साहित गर्ने ।

२) दिगो खेती अभ्यास अपनाउने: बालीको चक्रीय खेती, अन्तरबाली खेती, र जैविक खेतीजस्ता अभ्यासहरू प्रयोग गर्ने, जसले कृषि प्रणालीमा जैविक विविधता बढाउँछ ।

३) बीउ बचत र साटासाट गर्ने:किसानलाई आफ्ना बालीका बीउहरू बचत गर्न र अरूसँग साटासाट गर्ने, जसले पारम्परिक प्रजातिहरूलाई जोगाउन मद्दत गर्दछ।

४) परम्परागत ज्ञानको संरक्षण:स्थानीय समुदायको परम्परागत खेतीका अभ्यास र ज्ञानलाई मान्यता र संरक्षण गर्ने, जसले कृषि जैविक विविधतामा योगदान दिन्छ ।

५) किरा तथा साना जीवको आवास विविधता बढाउनुहोस्:कृषि खेतहरूका वरिपरि विभिन्न आवासहरू सिर्जना र जोगाउने, जसले लाभदायक वन्यजन्तु र परागकर्ताहरूलाई बचाउ गर्दछ।

६) शिक्षा र जागरूकता बढाउने:किसान र समुदायलाई कृषि जैविक विविधताको महत्त्व र यसलाई खेतीका अभ्यासमा कसरी समाहित गर्ने बारेमा शिक्षा दिने।

७) अनुसन्धान र विकासमा समर्थन: स्थानीय प्रजातिहरू र दिगो खेतीका प्रविधिहरूको विकास र प्रवर्द्धनमा ध्यान केन्द्रित गर्ने अनुसन्धान कार्यक्रमहरूमा लगानी गर्नु पर्छ।

८) नीति समर्थनको प्रोत्साहन गर्नुहोस्; कृषि जैविक विविधता संरक्षणलाई समर्थन गर्ने नीतिहरूको वकालत गर्ने, जस्तै दिगो अभ्यासहरूको लागि प्रोत्साहन र परम्परागत ज्ञानको संरक्षण गर्दछ।

९) संरक्षण कार्यक्रमहरूमा सहभागी हुनुहोस्: कृषि जैविक विविधता जोगाउन र बगाएको भूमिलाई पुनर्स्थापना गर्न लक्षित स्थानीय र राष्ट्रिय संरक्षण कार्यक्रमहरूमा संलग्न हुनुहोस्।

१०) रासायनिक पदार्थको प्रयोग घटाउनुहोस्: लाभदायक जीवहरूलाई जोगाउन रासायनिक मल र विषादीको प्रयोग घटाउनुहोस् ।

यी उपायहरूलाई अपनाएर, किसान, समुदाय, र नीति निर्माता मिलेर कृषि जैविक विविधता जोगाउन र बढाउन मद्दत गर्न सक्छन्, जसले जलवायु परिवर्तन र प्राकृतिक विपद्हरूको प्रभावलाई दिगो व्यवस्थापन गर्दछ ।

(source: Shilapatra.com)


क्याटेगोरी : ताजा अपडेट, विपद्


तपाईको कमेन्ट लेख्नुहोस्