Techie IT
२५ कात्तिक २०८१, आईतबार

जलवायु परिवर्तनको सवालमा सरकारका न्यूनतम साझा कार्यक्रममा के के छन् ?


काठमाडौं । गठवन्धनको सरकारले गत चैत्र २३ मा जारी गरेको न्यूनतम साझा कार्यक्रमअन्तर्गत जलवायु परिवर्तनको सवाललाई पनि साझा कार्यक्रममा समावेश गरेको छ ।

संयुक्त सरकारका प्राथमिकताका रुपमा उल्लेख गरिएको नौवटा बुँदामध्येको आठौँ नम्बरमा जलवायु परिवर्तनको सवाललाई उल्लेख गरेको हो । जलवायु परिवर्तन, जैविक विविधता ह्रास र वातावरणीय प्रदुषण जस्ता विश्वव्यापी सङ्कटले उत्पन्न गरेको जोखिम न्यूनिकरण गरी पर्यावरणीय सन्तुलन कायम गर्ने भनिएको छ ।

सो प्राथमिकता कार्यान्वयका लागि जलवायु परिवर्तनले उत्पन्न गरेको जोखिम न्यूनीकरण गर्न र वातावरण संरक्षण गर्न हरित अर्थतन्त्रको विकासमा जोड दिने नीति लिएको साझा कार्यक्रममा उल्लेख छ । जनताको पर्यावरणीय अधिकार तथा जैविक विविधता संरक्षण गर्न ठोस कदम चाल्ने पनि उल्लेख छ ।

त्यस्तै, हरित गृह ग्यास उत्सर्जनका कारण पृथ्वीमा बढ्दो तापमान तथा जलवायु परिवर्तनले जनताको जीवनमा पर्ने असर र जोखिमहरूलाई कम गर्न अनुकूलन र न्यूनीकरणको कार्यक्रम सञ्चालन गर्ने भनिएको छ । सबै क्षेत्रहरूमा बैकल्पिक उर्जाको प्रयोगलाई प्राथमिकता दिने तथा हाइड्रोजन उर्जाको विकासका लागि आवश्यक व्यवस्था गर्ने जनाइएको छ ।

विश्वव्यापी रुपमा उठीरहेको जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने, जलवायु सङ्कटले अल्पविकसित तथा हिमाली देशहरूमा उत्पन्न गरेको जोखिमबारे संवेदनशीलता जगाउने र सरोकारवाला मुलुकहरूको सञ्जाल निर्माणको पहल गरी नेतृत्व लिने पनि भनिएको छ । साझा नीति तथा कार्यक्रममा जलवायु परिवर्तनसँग सम्वद्ध सम्झौताहरूले ल्याएका अवसरहरु हरित जलवायु कोष, नोक्सानी क्षतिपुर्ति कोषजस्ता वित्तिय कोषहरूको रकम प्राप्त गर्न क्षमता बढाउने र कुटनीतिक पहल गर्ने पनि उल्लेख छ ।

२०७९ को वर्षादपछि कार्तिकमा आएको बाढीले जुम्लाको सिंजामा विगारेको खेती योग्य जमिन ।

दश दलका शीर्ष नेताहरुले हस्ताक्षर गरेको उक्त साझा कार्यक्रममा जलवायु लगायत, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, सामाजिक रुपान्तरण, आर्थिक उन्नति तथा सुधार, गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचार शान्ति प्रक्रियाको पूर्णता तथा सङ्क्रमणकालीन न्याय तात्कालिक राहत, पुनःनिर्माण र पुनस्र्थापन मुलुकको स्वाधिनता र राष्ट्रिय हितको संवद्र्धन अन्तराष्ट्रिय सम्बन्धका क्षेत्रमा न्यूनतम साझा कार्यक्रमहरु तय गरेको छ ।


क्याटेगोरी : ताजा अपडेट


तपाईको कमेन्ट लेख्नुहोस्