Techie IT
१२ जेठ २०८१, शनिबार

नबिल बैंकको २०८० सालको क्यालेण्डमा जलवायु परिवर्तन सचेतना


बैंकका पदाधिकारीहरु क्यालेन्डर सार्वजनिक गर्दै

जलवायु परिवर्तनबारे चेतना जगाउने उद्देश्यले नबिल बैंकले यस वर्षको क्यालेण्डरमा नेपाली बाह्र महिनाको मौसम तथा प्राकृतिक सौन्दर्यलाई दर्साउने फोटोहरू राखी प्रकाशन गरेको क्यालेण्डर मार्फत वातावरण संवर्धनको लागि आह्वान गरेको छ ।

लालीगुराँसका मनोरम दृश्य, स्वतन्त्र उड्ने चराचुरुङ्गीहरू देखि सुन्दर हिमालहरू, लोपोन्मुख हिम चितुवाका फोटोहरू क्यालेण्डरमा राखिएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँगको सहकार्यमा उक्त तस्बिरहरू समावेश गरिएको बैकले जनाएको छ ।

क्यालेन्डरमा जलवायु परिवर्तन सम्बन्धी सचेतना सामग्री राखिनुको महत्व बताउँदै बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले जलवायु परिवर्तनलाई बैंकिङ लगायत सबै क्षेत्रबाट गम्भीरता पूर्वक ध्यान पुर्याउन जरुरी भएको बताए । नबिलले दिगो बैंकिङको अवधारणालाई आत्मासाथ गरी आएको र वातावरण प्रति सदैव जिम्मेवार रहेको बैकले जनाएको छ । नबिलले हालसालै हरित गृह ग्यास विसर्जन सम्बन्धी प्रतिवेदन पनि सार्वजनिक गरेको थियो ।

 


क्याटेगोरी : ताजा अपडेट


तपाईको कमेन्ट लेख्नुहोस्