जलवायु परिवर्तनबिरुद्ध हरेक घरको डिनर टेबलबाट लड्नु पर्छः मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जलवायु परिवर्तनसँग लड्ने सबैभन्दा शक्तिशाली तरिका भनेको व्यवहार परिवर्तन नै भएको बताएका छन् । उनले यस्तो व्यवहार परिवर्तन हरेकको घरबाट सुरु हुनुपर्छ भनेका छन् । व्यवहार परिवर्तनबाट कसरी जलवायु परिवर्तनसँग लड्न सकिन्छ भन्ने बारे भारतको दृष्टिकोण प्रस्तुत गर्दै विश्व वैकको कार्यक्रममा यस्तो बताएका हन् ।
प्रधानमन्त्री मोदीले आफ्नो भाषणको क्रममा भने, “जलवायु परिवर्तनविरुद्ध सम्मेलन तथा सभाको टेबुलबाट मात्रै लड्न सकिँदैन, हरेक घरको डिनर टेबलबाट लड्नुपर्छ । जब कुनै विचार छलफलको टेबुलबाट डिनर टेबलमा सर्छ, त्यो अभियान बन्छ, र यसले गति प्रदान गर्न मद्दत गर्न सक्छ, ।
मिशन लाइफ जलवायु परिवर्तन विरुद्धको लडाईलाई लोकतन्त्रीकरण गर्ने बारेको अभियान भएको बताउँदै उनले त्यसपछि मानिसहरू सचेत भई उनीहरुले गर्ने दैनिक जीवनका सरल कार्यहरूनै शक्तिशाली हुने र यसले वातावरणमा धेरै सकारात्मक प्रभाव पार्नेछ भनेका छन् ।
“भारतका मानिसहरूले पछिल्ला केही वर्षहरूमा धेरै पहल लिएको बताउँदै उनीहरूले ठूला सफाई अभियान, समुद्र तट वा सडकहरूको सफाइको नेतृत्व गरेको पनि बताए । कार्यक्रममा उनले भने, यी प्रयासहरूले २२ अर्ब इकाइभन्दा बढी ऊर्जा बचत गर्नेछ । नौ ट्रिलियन लिटर पानी बचत हुने, ३७५ मिलियन टनले फोहोर कम हुने, लगभग १० लाख टन ई–वेष्ट लाई पुनः प्रयोग गर्न सक्षम भई सन् २०३० भित्र करिव १७० मिलियन डलर बचत गर्न सकिने सुनाए । यसले १५ अर्व टन खेर जाने खाद्यान्नलाई समेत घटाउनमा मद्धत गर्ने छ, उनले भने ।
आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले व्यवहार परिवर्तनमा जोड दिँदै विश्व बैंक समूहले जलवायु वित्तलाई २६ प्रतिशतबाट ३५ प्रतिशतमा पु¥याउन लागेको पनि जानकारी दिए ।
(एजेन्सीको सहयोगमा)
क्याटेगोरी : ताजा अपडेट, विचार
तपाईको कमेन्ट लेख्नुहोस्