Techie IT
५ फागुन २०८१, सोमबार

हरित मानव पर्खाल लगाउँदै विश्वकिर्तिमान राख्ने प्रयास


जलवायु परिवर्तनमा चासो राख्ने र यसविरुद्ध अभियान चलाउनेहरुको एउटा समूहले नयाँ प्रयास गरेको छ । जलवायु परिवर्तनको लडाइँमा सँगसँगै भन्ने उद्देश्यका साथ ‘विश्वका २६ मुलुकमा २६ मिनेट’ अभियानमार्फत विश्व कीर्तिमान राख्न उनीहरुले हरित मानव पर्खाल आकृति बनाएका हुन् । २६ मिनेट सम्म बनेको मानव पर्खाल लुम्बिनी विश्व शान्ति मञ्चले द ब्रिटिस कलेजको प्राङ्णमा आयोजना गरेको हो ।


नेपाल संयोजक तथा लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष बासु गौतमले वातावरण सचेतना, वृक्षारोपणको महत्व र अभियानका बारेमा जागरूप गर्न उक्त कार्यक्रमको आयोजना गरिएको बताए छन् । ‘मानव पर्खाल बनाउँदै एकजुट भएर हामी जलवायु परिवर्तनसँगै लड्ने र वातावरण संरक्षण गर्न सक्छौं भन्ने सन्देश विश्वलाई दिइरहेका छौं,’ उनले भनेका छन् ।
कार्यक्रमको अन्नपूर्ण मिडिया नेटवर्क, युनिटी फर सस्टेनिबिलिटी, ब्रिटिस कलेज, सिम्रिक फाउन्डेसन, रेड सर्कल क्रिएटिभलगायतले सहकार्य गरेका थिए । कार्यक्रममा विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी, कलाकारहरू उपस्थित भई मानव पर्खाल बनाएका थिए ।
यो अभियानमा नेपाललगायत संयुक्त अरब इमिरेट्स, क्यामरुन, हंगेरी, बंगलादेश, भारत, सिंगापुर, थाइल्यान्ड, मलेसिया, मेक्सिको, स्कटल्यान्ड, अस्ट्रेलिया, गाम्बिया, रुवान्डा, पेरु, इक्वेडर, नेदरल्यान्ड, आइभोरी कोस्ट लगायतका मुलुकमा सहभागी भएको आयोजकले जनाएका छन् ।


क्याटेगोरी : ताजा अपडेट


तपाईको कमेन्ट लेख्नुहोस्