Techie IT
१२ जेठ २०८१, शनिबार

जलवायु लक्ष्य हासिल गर्न नसके दुईतिहाइ हिमनदि हराउन सक्ने


ग्रीष्मकालीन कमजोर मनसुन, वातावरणीय प्रदूषण र बढ्दो वैश्विक तापक्रमले हिमनदी सुक्दै गएका छन्

सन् २००७ हिमनदी विज्ञानमा विश्वकै ठूलो गल्तीका लागि चिनिनेछ । सो वर्ष एक प्रमुख अन्तर्राष्ट्रिय रिपोर्टको सानो गल्तीले गर्दा हिमालयका हिमनदीबारे हाम्रो बुझाइमा ठूलो परिवर्तन गराएको थियो । अल्गोरको डकुमेन्ट्री एन इनकन्भिनिएन्ट ट्रुथ (जसका कारणले मानवनिर्मित जलवायु परिवर्तनको चर्चा सुरु भएको थियो)को एक वर्षपछि जलवायु परिवर्तनमा अन्तरसरकारी प्यानल (आइपिसिसी) ले आफ्नो चौथो रिपोर्ट सार्वजनिक ग¥यो । यो जलवायु परिवर्तनसम्बन्धी विश्वलाई सुसूचित पार्ने विश्वसनीय मानक थियो । रिपोर्टमा सानो तर गम्भीर त्रुटि भेटियो । त्यसमा भनिएको थियो– हिमालयका सबै ग्लेसियर २०३५ सम्म समाप्त हुनेछन् ।

यो घटनामा थुप्रै नयाँ शोधको खोज गरिएको छ, जसमा मेरो पनि अनुसन्धान छ । अर्को शताब्दीसम्म मात्रै हाम्रा हिमनदी बच्न सक्ने देखिएको छ । पछिल्लो तथ्यांकले के देखाउँछ भने यदि हामीले ग्रिनहाउस ग्यास उत्सर्जन कम गरेको खण्डमा सन् २१०० सम्म हिमालयको बरफको एकतिहाइदेखि आधा हिस्सासम्म विलुप्त हुनेछ । तर, हामीले जिद्दी गरिरह्यौँ र यसरी नै काम गरिरह्यौँ भने हिमालयको बरफको दुईतिहाइ हिस्सा यसै शताब्दीको अन्त्यसम्म विलुप्त हुनेछ ।

हामीले जिद्दी गरिरह्यौँ र यसरी नै काम गरिरह्यौँ भने हिमालयको बरफको दुईतिहाइ हिस्सा यसै शताब्दीको अन्त्यसम्म विलुप्त हुनेछ ।

तर, गम्भीर प्रश्न छ– विश्वको प्रमुख वैज्ञानिक संगठनद्वारा यस्तो खालको तथ्यगत त्रुटि कसरी भयो ? टाइपिङमा त्रुटि भएको भनेर पटक–पटक भनिएको छ । यसले गर्दा विश्वसनीयतामाथि नै असर पु¥याएको छ । आइपिसिसीले वल्र्ड वाइल्ड लाइफ फन्डको एक रिपोर्टलाई उद्धृत गर्दै ‘न्यु साइन्टिस्ट’को एक अन्तर्वार्तामा हिमलाय पग्लिने मिति बताएको थियो । उक्त अन्तर्वार्ताले एक भारतीय हिमनदी विशेषज्ञको अनुमानलाई उद्धृत गर्दै सन् २३५० सम्म विश्वभरका हिमनदी संकुचित हुने बताएको थियो ।

आइपिसीले यो त्रुटिका लागि माफी मागेको छ । यद्यपि, यो लाजमर्दो विषय भए पनि यसको निष्कर्षलाई कमजोर भने नपारेको निष्कर्ष छ । त्यसपछि आइपिसीले २०१३ को आफ्नो अर्को रिपोर्ट प्रकाशित गर्नुपूर्व समीक्षा प्रक्रियामा सुधार गरेको थियो ।

हिमालय पर्वत पवित्र छन् । संस्कृतमा यसको नाम हुन्छ, बरफको वास । तर, मध्यएसियामा हिमनदी राजनीतिक मुद्दा बनेको छ । कारण, हिमनदीकै कारण नदी पूर्ण हुन्छन् । खाद्य उत्पादन र जलविद्युुत्का लागि एक अर्बभन्दा बढी मानिसलाई पानी उपलब्ध पनि यसैले गराउँछ । भारत र नेपाल विशेषगरी गर्मीयाममा मनसुनपूर्व खडेरीबाट जोगिन हिमनदी पग्लिएर बग्ने पानीमा निर्भर छन् । यी दुवै देशले तीव्र गतिमा औद्योगिक विकास गरिरहेका छन् । सामान्यतः यी देशले कार्बन उत्सर्जन सीमित गर्ने विषयको विरोध गर्छन् ।

हिमालय पर्वत पवित्र छन् । संस्कृतमा यसको नाम हुन्छ, बरफको वास । तर, मध्यएसियामा हिमनदी राजनीतिक मुद्दा बनेको छ । कारण, हिमनदीकै कारण नदी पूर्ण हुन्छन् ।

आइपिसिसीको रिपोर्टपछि भारत सरकारले एउटा विवादास्पद छलफल प्रतिवेदनमार्फत यो भयलाई मत्थर पार्न तीव्र रूपमा काम ग¥यो । जसमा उत्तरी भारत र पाकिस्तानका हिमनदीबारे सीमित प्रमाण प्रस्तुत गरिएको थियो । यसबाट थाहा हुन्छ, ती क्षेत्रमा हिमनदी स्थिर थिए या विस्तार पनि भइरहेका थिए । यद्यपि, जलवायु परिवर्तनका कारण अत्यधिक शीतकालीन हिमपात र चिसो खालको गर्मीबाट काराकोरम हिमनदीलाई लाभ पुग्छ । तर, काराकोरमको यो विसंगति कत्तिको निरन्तर रहन्छ भन्ने विषय अज्ञात नै छ ।

हिमालय उल्झनको समाधान :  हिमनदी विशेषज्ञहरू हिमालयका हिमनदीको भविष्य के हुन्छ भन्नेमा उत्सुक छन् । एउटा अनुसन्धान पूर्ण त भयो, तर त्यसमा डेटा (तथ्यांक) उपलब्ध हुन सकेन । राजनीतिक रूपले अस्थिर, दूरदराजका क्षेत्रमा उचाइमा रहेका हिमनदीसम्म पुग्न समस्या आदिले अनुसन्धानलाई प्रभावित गरेको छ । नेपालमा चलिरहेको १० वर्षे युद्ध, पाकिस्तानमा तालिबानी आतंक र चीन एवं भारतमा विदेशी वैज्ञानिकप्रतिको सन्देहले यी पहाडको अनुसन्धान गर्न मुस्किल बनाएको थियो । फिल्ड अब्जर्भेसन र सर्वेक्षणबाट हिमनदीमा उल्लेखनीय परिवर्तन नभएको देखाएको छ । हिमनदी वैज्ञानिकले हिमनदीका कैयौँ ठूला सतहमा चट्टानका अवशेषले बरफको मात्रामा भएको परिवर्तन लुकेको महसुस गरेका छन् । यसकारण हिमनदी क्षेत्रमा हुने परिवर्तनलाई मापन गर्नु त्रुटिपूर्ण थियो र बरफको क्षति लुकाइएको थियो ।

सन् २०१० को सुरुवातमा स्याटेलाइट प्रविधिमा भएको तीव्र विकासपछिको र शीतयुद्धका वेला स्याटेलाइटबाट लिइएको तस्बिर अवर्गीकरणले कुनाकन्दराका पहाडबारे थाहा भयो । पूरै हिमालयमा हिमनदी परिवर्तको स्तर पहिलोपटक देखियो । नयाँ उपग्रहको तथ्यांकले हिमनदी वैज्ञानिकले ४० वर्षको अवधिमा हिमनदीको मात्रामा भएको परिवर्तन मापन गर्ने मौका पाए । यसबाट थाहा भयो, प्रायः सबैजसो हिमनदी समान रूपमा संकुचित भएका थिए ।

हिमनदीको भविष्य :  हिमनदीको बरफ पग्लिने दर पछिल्लो २० वर्षमा दोब्बर भएको नयाँ शोधले पत्ता लगाएको छ । र, यो वैश्विक स्तरमा बरफ पग्लिने दर समान छ । यद्यपि, उच्च उचाइले हिमनदीलाई जलवायु परिवर्तनबाट बचाउने अनुमान गरिएको थियो । तर, अहिले अग्ला हिमालय (पर्वत) अन्यको तुलनामा दोब्बरले तातिरहेका छन् ।

हिमनदीको बरफ पग्लिने दर पछिल्लो २० वर्षमा दोब्बर भएको नयाँ शोधले पत्ता लगाएको छ । र, यो वैश्विक स्तरमा बरफ पग्लिने दर समान छ ।

तथ्यांकले हिमनदी वैज्ञानिकलाई भविष्यमा कसरी हिमनदी परिवर्तन हुन्छन् भनी अनुमान गर्न कम्प्युटर मोडेललाई प्रशिक्षित गर्नेे बाटो खुलाएको छ । यो मोडेलले हिमनदीको बरफ एकतिहाइदेखि आधा भागसम्म सन् २१०० सम्म विलुप्त हुन्छन् भन्ने बताउँछ । यस्तो स्थितिमा हामीले पेरिस सम्झौता (जलवायु परिवर्तनलाई १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिने) अनुरूप काम नगर्ने हो भने सोही समयमा हिमनदीको बरफ दुईतिहाइ भाग गुमाउनेछौँ ।

बढ्दो वैश्विक तापमानले हिमनदी सुक्दै गएका छन् । कृषिका लागि हिमनदीमा निर्भर हुने एक अर्ब किसानका लागि यो भविष्यवाणी दुःखद हो ।

ग्रीष्मकालीन कमजोर मनसुन र वातावरणीय प्रदूषणले हिमनदीको जीवनलाई प्रभावित भएको छ । बढ्दो वैश्विक तापमानले हिमनदी सुक्दै गएका छन् । कृषिका लागि हिमनदीमा निर्भर हुने एक अर्ब किसानका लागि यो भविष्यवाणी दुःखद हो ।

हिमनदी कम हुँदै जाँदा गर्मीमा हुने खडेरी बढ्दै गएको छ । र, यसले दक्षिण एसिया र मध्यएसियाको जनसंख्यामाथि गहिरो प्रभाव पारेको छ । मानवजन्य संकटबाट बच्नका लागि वैश्विक तापमानको एउटा सीमा तय गर्नुपर्ने हुन्छ । यसले हिमनदीको क्षतिलाई सीमित गर्न सक्छ ।

– द कन्भर्सेसनबाट


क्याटेगोरी : विचार


तपाईको कमेन्ट लेख्नुहोस्