Techie IT
१२ जेठ २०८१, शनिबार

बढ्दो तापमानको जोखिम


प्रत्येक १० वर्षमा हिमाली क्षेत्रको तापक्रम शून्य दशमलव ३५ डिग्री सेल्सियसले बढेसँगै जलवायु परिवर्तनको जोखिम उच्च हुँदो छ ।

हिमाली क्षेत्रमा पोखरी बढेको सुन्दा प्राकृतिक सौन्दर्यका लोभी आँखाहरू कति चम्किएलान् । तर नियमित हिमालमा खेल्नेहरू निराश हुन्छन् । तल पहाडी क्षेत्र र तराईतिर मानवनिर्मित पोखरीले पनि मन रमाइदिन्छन्, आयआर्जन गराउँछन् । उत्तरी ध्रुवदेखिका चरा यस्ता ताल –पोखरी वरपर गाउँदै नाच्दै घर बनाएर सन्तान हुर्काएर लान्छन् । यद्यपि हिमाली क्षेत्रका पोखरी हेर्दा राम्रा लाग्लान्, तिनमा पनि जीव हुर्कलान् तथापि हिमक्षेत्रमा पोखरी बढ्नुको अर्थ हिमालमा ताममान बढ्नु हो । सदा हिमाच्छादित हुनुपर्ने टाकुरा क्षेत्रमा हिउँ पग्लेर पोखरी बन्नुले यो क्षेत्र उष्णीकरणको प्रभावमा रहेको पुष्टि गर्छ । हुन पनि टाढैबाट हेर्दा चाँदनी जस्ता देखिने ती हिमचुलीमा अहिले काला ओडार र काला ठाडा भीर देखिन्छन् । विश्वव्यापी उष्णीकरणको असरले यस्तो भएको हो । सन् २०१७ देखि २०२२ का तस्बिर अनि उच्च हिमाली क्षेत्रको तापक्रम नाप्ने उपकरणका तथ्याङ्कको अध्ययनले प्रत्येक १० वर्षमा हिमाली क्षेत्रको तापक्रम शून्य दशमलव ३५ डिग्री सेल्सियसले बढेसँगै जलवायु परिवर्तनको जोखिम उच्च हुँदो छ ।

ढुङ्गाजस्तै कडा रूपमा पानी जमेर हिउँका ढिस्का बन्ने ठाउँमा त्यही हिउँ पग्लेर पोखरी बन्नुको कारण हो, विश्वव्यापी तापक्रम वृद्धि अङ्गे्रजीमा भन्छन्–ग्लोबल वार्मिङ । पृथ्वीलाई उष्ण बनाउँदै गएको छ धुवाँ (कार्बन) ले । हामीले घरभित्र आगो बाल्दा निस्कने धुवाँले न्यानो मात्र पार्दैन, उकुसमुकुस पारेर मृत्युसमेत निम्त्याउँछ । हो, त्यस्तैगरी वनक्षेत्र, खेतबारी आदिमा लाग्ने आगलागीदेखि पेट्रोल, कोइलादिबाट उत्सर्जन हुने धुवाँ (कार्बन) ले वातावरणलाई उष्ण बनाइरहेको छ । त्यो उष्णताको कारण हाम्रो हिमाल अनि धु्रवीय सागरका हिउँका ढिस्काहरू पग्लिएका छन् । तातो र चिसोलाई अनुकूलन गर्ने शारीरिक क्षमताका स्तनपायी जीवजन्तुबाहेक अरू प्राणीको अस्तित्व वनस्पति विश्वव्यापी तापक्रम असन्तुलनको कारण धरापमा परिरहेको छ ।

विश्वबजारमा एक टनको ४० डलर मूूल्य रहेको कार्बन बजारमा नेपालले जम्मा पाँच डलरमा बेच्यो । तीन तीन वर्षमा हुने यो व्यापारको नयाँ ‘डिल’ हुँदैछ, जहाँ अहिलेजस्तो ‘गुन्द्रकको मूल्य’ नगरियोस् ।

छ करोड पचास वर्षअघि विश्व तापक्रम तीव्र असन्तुलित भयो, त्यो हिम युग थियो । त्यो चिसो अनुकूलन हुन नसकेका डायनासोरलगायतका जनावरको अस्तित्व समाप्त भयो । वैज्ञानिकका अनुसार त्यस्ता हिमयुग तीन चारवटा आए । एघार हजार

वर्ष अघिको पछिल्लो हिमयुगमा पनि थुप्रै जनावर मरे । अब शायद उष्ण युग आउँदैछ । आउँदै भन्दा पनि ल्याइदैछ मानवद्वारा । मान्छेले जीवन सुविधा खोज्दै बढ्दा औद्योगिक युग सुरु भएपछि जीवाश्मा इन्धनले अहिलेसम्मका औद्योगिक धुवाँले विश्वव्यापी तापक्रम बढाइरहेको वैज्ञानिक मतैक्य छ । यस तर्कमा सहमत भएर सन् १९९२ मा क्योटो विश्व सम्मेलनले विश्व तापक्रम नियन्त्रणमा राख्न कार्बन उत्सर्जन नियन्त्रणमा राख्ने महासन्धि ग¥यो । चराचर जोगाउने यो महासन्धिको पक्षराष्ट्र नेपाल पनि हो ।

नेपाल आफैँमा हिमवत् क्षेत्रको हिउँ पगाल्ने कारक–बढी कार्बन उत्सर्जक बनेको छैन बरु अरूले उत्सर्जन गरेको कार्बन शोषण गर्ने वन क्षेत्र जोगाएको छ । क्योटो सम्मेलनले हरेक मुलुकलाई जलवायु नियन्त्रणका लागि समान जिम्मवार र दायित्व तोकेअनुसार नेपालको कार्बन सञ्चित क्षमता प्रतिहेक्टर १७६ दशमलव ९५ टन प्रतिवर्ष छ । थुप्रै औद्योगिक मुलुकले आफ्नो क्षमताभन्दा बढी कार्बन उत्सर्जन गर्छन् । विश्व उष्णताका मूल कारक तिनीहरूले नेपालजस्ता न्यून कार्बन उत्सर्जकको बाँकी हिस्सा किन्न सक्छन् । यही हो कार्बन व्यापार, प्रदूषकले तिर्ने सिद्धान्त (पीपीपी) अनुसार नेपालले आम्दानी गर्न थालेको छ तर विश्वबजारमा एक टनको ४० डलर मूूल्य रहेको कार्बन बजारमा नेपालले जम्मा पाँच डलरमा बेच्यो । तीन तीन वर्षमा हुने यो व्यापारको नयाँ ‘डिल’ हुँदैछ, जहाँ अहिलेजस्तो ‘गुन्द्रकको मूल्य’ नगरियोस् ।

हिमाली क्षेत्र वातावरणीय सन्तुलनको प्रतीक हो । धनको लोभले जीवन जोखिममा पार्दै बढाइएको विश्वव्यापी उष्णता नियन्त्रणमा राख्ने प्रतिबद्धताअन्तर्गत नेपालले अनेक प्रयास गरेको छ । नेपालले सन् २००९ मा त कालापत्थरमै मन्त्रीपरिषद्को बैठक आयोजना गरेर विश्वलाई उष्णीकरणप्रति संवेदनशीलताको सन्देश दियो । सोहीक्रममा हिमाली क्षेत्रमा हरियाली बढाउन गौरीशङ्कर संरक्षण क्षेत्र, अपिलम्पा संरक्षण क्षेत्र अनि तराईमा बाँके राष्ट्रिय निकुञ्ज घोषणा गरियो । धुवाँरहित नेपाल बनाउने हाम्रो अभियानमा बढी कार्बन उत्सर्जक दुई छिमेकीले कार्बन उत्सर्जन न्यूनीकरण गरी जीवाश्म ऊर्जाको सट्टा जल, सौर्य ऊर्जा प्रयोगलाई प्राथमिकता दिए तिनको पनि पानी स्रोत उपलब्धता र वातावरण संरक्षण हुन सक्ने थियो । जलवायु परिवर्तनको बढ्दो जोखिमले ल्याउने सङ्कटविरुद्ध एकीकृत प्रयास वाञ्छनीय छ ।

गोरखापत्रको सम्पादकीय (प्रकाशन मिति ३ बैशाख २०८०)


क्याटेगोरी : विचार


तपाईको कमेन्ट लेख्नुहोस्